उपेन्द्र देवकोटा फाउन्डेशनद्वारा प्राथमिक विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

काठमाडौं/ उपेन्द्र देवकोटा फाउन्डेशन (UDF) ले UDM-NINAS र न्यूरो अस्पताल बाँसबारीसँगको साझेदारीमा, र काठमाडौं नेत्रालयको महत्त्वपूर्ण सहयोगमा, छिमेकी श्री महाँकाल जनजागृत माध्यमिक विद्यालय, गोल्फुटार, बुढानीलकण्ठका प्राथमिक तहका विद्यार्थीहरूका लागि निःशुल्क विद्यालय स्वास्थ्य परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यो व्यापक स्वास्थ्य परीक्षण पहल कन्सल्टेन्ट ईएनटी सर्जन डा. शिवानी राई र कन्सल्टेन्ट बाल न्यूरोलोजिस्ट डा. असिम श्रेष्ठ सहित विशेषज्ञ चिकित्सकहरूको टोलीले नेतृत्व गरेको थियो।

Lahachhap
Lahachhap

फाउन्डेशनका अनुसार, यो महत्वपूर्ण सामुदायिक स्वास्थ्य प्रयास सामान्य दृष्टि, कान, नाक, घाँटी (ईएनटी), व्यवहारगत र स्नायुसम्बन्धी समस्याहरूको प्रारम्भिक पहिचानमा केन्द्रित थियो।

Lahachhap

यी समस्याहरूले बालबालिकाको समग्र वृद्धि र विकासलाई उल्लेखनीय रूपमा बाधा पुर्याउन सक्ने भएकाले, समयमै हस्तक्षेप र सुधारात्मक उपायहरू उपलब्ध गराउनु महत्वपूर्ण रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments