काठमाडौँ/ नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ३ बजे खेल हुने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेको विराटनगर लगातार तीन खेलमा विजय हासिल गर्दै ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ।
समान अंक भए पनि नेट रनरेटका कारण सुदूरपश्चिम शीर्ष स्थानमा छ। आजको खेलमार्फत विराटनगरले आफ्नो विजयी यात्रालाई निरन्तरता दिने लक्ष्य राखेको छ।
यस्तै, चितवन राईनोजका लागि आजको खेल महत्त्वपूर्ण छ। दुईमध्ये एक खेलमा मात्र जित हात पारेको चितवन दोस्रो जीतको खोजीमा हुनेछ।
तालिकाको पाँचौँ स्थानमा रहेको राईनोजले आज सकारात्मक नतिजाको अपेक्षासहित मैदानमा उत्रने छ ।
दुवै टोलीका लागि अंकतालिकामा उक्लिने अवसर आजको खेलसँग जोडिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित