आजको मन्त्रिपरिषद् बैठकको निर्णयहरू

काठमाडौँ / सरकारले सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । 

हालका मुख्य सचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यस्तै सरकारले अतिरिक्त नायब महानिरीक्षक ईश्वर कार्कीलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। 

त्यस्तै युरोपियन युनियनको हरित ऊर्जासम्बन्धी परियोजनाका लागि २५ दशमलव ५८ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने भैरहवाका विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि २०७१ खारेज गर्दै सो क्षेत्रमा प्रतिवर्गमिटर भाडादर २० रहेकोमा त्यसलाई घटाएर ५ कायम गर्ने निर्णय गरेको छ। 

त्यस्तै नेपाल प्रहरीको हाल: कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहने गरी केही कार्यालयहरूको पद मिलान तथा दरबन्दी थपघट र संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

जेन जेड आन्दोलनमा घाइतेहरूका लागि स्थापना गरिएको हेल्पडेक्समा १० जना स्वयंसेवक खटाउने र मासिक १५ हजारका दरले चार महिनासम्म काममा खटाउने निर्णय गरेको छ।

बैठकले भूमिसम्बन्धी नवौँ संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments