काठमाडौँबाट मात्रै २६७ जना पक्राउ, प्रहरी हत्या आरोपमा १३ जना कारागार चलान

काठमाडौँ/ गत २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा आगजनी तथा तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले २६७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न ठाउँहरूमा तोडफोड र आगजनी गरेको आरोपमा अहिलेसम्म २६७ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको परिसरले जनाएको छ । 

जसमध्ये २६२ पुरुष र ५ जना महिला छन् । यसरी समातिएका मध्ये प्रहरी हत्यामा संलग्न भएको आरोपमा मात्रै १६ जना पक्राउ परेका थिए । उनीहरू मध्ये १३ जना अहिले पुर्पक्षका लागि कारागार चलान भएको परिसरको भनाई छ । 

३ जना भने अहिले अनुसन्धानका लागि हिरासतमै छन्  । अहिलेसम्म प्रहरी हत्यासहित अन्य मुद्दाका गरेर ४३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३३ जना धरौटीमा रिहा भएका छन् ।

११३ जनामाथि अहिले अनुसन्धान भइरहेको छ । ८७ जनालाई हाजिरी जमानीमा छाडिएको छ । पक्राउ परेकाहरू विरुद्ध १५४ मुद्दा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments