काभ्रे कांग्रेसका सभापति लामालाइ पितृशोक

काभ्रेको रोशी गाउपालिका-६ लेखपानीका स्थायी तामाङको निजि निवासमा निधन भएको जेठो छोरा तिर्थ लामाले बताएका छन्।

काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सभा सदस्य तिर्थ लामालाइ पितृशोक परेको छ।

बागमती प्रदेशका पुर्व खानेपानी, उर्जा तथा सिंचाई मन्त्रिसमेत रहेका लामाका पिता केशरबहादुर तामाङको ८७ वर्षको उमेरमा निधन भएको छ।

काभ्रेको रोशी गाउपालिका-६ लेखपानीका स्थायी तामाङको निजि निवासमा निधन भएको जेठो छोरा तिर्थ लामाले बताएका छन्। उनका अनुसार सामाजिक रिति र तामाङ समुदायको संस्कार अनुसार सोमबार बिहान ९ बजे रोशीकै लेखपानीमा दाहसंस्कार गरिने भएको छ।

स्वर्गीय केशरबहादुर तामाङका श्रीमती कान्छीमाया तामाङसहित ३ छोरा र २ छोरि छन्।

स्वर्गीय तामाङप्रति लाहाछापको तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments