राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्याउनुभयो ।

काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।

सो सङ्गठनको केन्द्रीय कमाण्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभइ हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताउनुभयो । यसले जनधनको रक्षा, औद्यागिक प्रतिष्ठानको सुरक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै उहाँले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्याउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments