बागमती :

स्वास्थ्य सेवा प्रवाहमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक प्रदेश भित्र तेश्रो

न्यून अंक भार फरकका कारण काभ्रेपलाञ्चोक तेश्रो भएको हो । काभ्रेमा रागिश्री कक्षपति श्रेष्ठ कार्यालय प्रमुख कार्यरत छिन् ।

काभ्रेपलान्चोक / स्वास्थ्य सेवा प्रवाह तथा नियमित सूचना प्रणाली ब्यवस्थापन र विपदमा समेत नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकता दिएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक बागमती प्रदेशका १३ जिल्ला मध्ये तेश्रो भएको छ । न्यून अंक भार फरकका कारण काभ्रेपलाञ्चोक तेश्रो भएको हो । काभ्रेमा रागिश्री कक्षपति श्रेष्ठ कार्यालय प्रमुख कार्यरत छिन् ।

आर्थिक वर्ष २०८१÷२०८२ को बार्षिक समिक्षा तथा चालु वर्षका कार्यक्रमहरुका सन्र्दभमा बागमती प्रदेशमा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोक लगायतका जिल्लाहरु सम्मानित भएका हुन् । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथी मुख्यमन्त्री इन्द्र बाँनिया रहेका थिए । मुख्य मन्त्री बाँनिया, मन्त्री थापा लगायतले उत्कृष्टहरुलाई सम्मानित गरेका थिए । मन्न्त्रालयका डा. अर्जुन सापकोटाको संयोजकत्वमा गठित समितिले गरेको छनौट गरेको थियो ।

बागमती प्रदेशका १३ जिल्लामा रहेका जनस्वास्थ्य कार्यालयहरु मध्ये ललितपुर जिल्ला प्रथम भएको छ । ७१.५९ नम्वर प्राप्त गरी ललितपुर पहिलो भएको छ । त्यस्तै जनस्वास्थ्य कार्यालय धादिङ ७०.८६ प्रतिशत प्राप्त गरी दोश्रो भएको छ । ७०.६४ नम्वर ल्याएर काभ्रे तेश्रो भएको छ । थोरै नम्वरले जिल्ला तेश्रो भएको हो । सबै भन्दा कम सिन्धुली जिल्लाले ६२.६२ प्रतिशत ल्याएको थियो ।

प्रदेश भित्र रहेका १३ वटा अस्पतालहरुको मुल्यांकन तर्फ भक्तपुर अस्पतालले ७१.०४ नम्वर प्राप्त गरी प्रदेशकै पहिलो अस्पताल बन्न सफल भएको छ । यो मन्त्री किरण थापा भएको जिल्लाको अस्पताल पनि हो । ७०.७२ नम्वर प्राप्त गरी त्रिशुली अस्पताल नुवाको दोश्रो भएको छ । ६७.६४ नम्वर प्राप्त गर्दै चौतारा अस्पताल सिन्धुपाल्चोक तेश्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments