क्यानडाका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी मनाए

मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिनुभयो ।

काठमाडौँ / क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् ।

मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिनुभयो ।

हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ । ठूलो पशुपति मन्दिर तथा बौद्घ स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ ।

बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुआत गर्नुभएको थियो ।

पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताउनुभयो । नेपाली समुदायका लागि गरिने सानाठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उहाँले नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments