राष्ट्रपति पौडेलले काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई आजदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौँ / राष्ट्रियसभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजदेखि लागू हुनेगरी राष्ट्रियसभाको सचिवमा नियुक्ति गर्नुभएको हो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–८ निवासी कँडेललाई आजदेखि लागू हुनेगरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो । उहाँको शपथ आजै दिउँसो ४ः०० बजे सिंहदरबारस्थित कृषि समितिको सभाहलमा भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त राष्ट्रिय सभाका सचिव कंडेललाई मङ्गलबार पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित