एनपिएलः विदेशी खेलाडीको सहभागिताले दर्शक उत्साहित

चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् ।

काठमाडौँ / दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन् । चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदान भित्र र बाहिर रहेका दर्शक खेल हेर्न उत्साहित भएका छन् ।

पहिलो खेल अहिले कर्णाली याक्स र चितवन राइनोजबीच भइरहेको छ । यस्तै आजै साँझ पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्स खेल्नेछन् । दुवै खेलमा विश्व क्रिकेटमा नाम चलेका खेलाडी समावेश छन् । विदेशी खेलाडीसँग भएको अन्तरराष्ट्रिय स्तरको अनुभव नेपाली खेलाडीका लागि फाइदाजनक रहन्छ । पोखरा एभेन्जर्सले यसपटक विदेशी खेलाडीमा इङ्ल्यान्डका ड्यान डाउथवेटलाई समावेश गरेको छ । बलिङ र ब्याटिङ दुवैमा उनी उत्कृष्ट प्रदर्शनका लागि चिनिन्छन् ।

यस्तै पोखरा एभेन्जर्समा वेस्ट इन्डिजका रेमोन राइफर बलर समावेश छन् । यही टोलीमा इङ्ल्यान्डका एडम रोसिङ्टन (विकेटकिपर–ब्याटर) छन् । इङ्ल्यान्डकै जेसन रोय पनि पोखरामै आवद्ध छन् । उनी टी–ट्वान्टी क्रिकेट विधाका आक्रामक ब्याटर हुन् । न्युजिल्यान्डका जिम्मी निसमले पनि यसपाली पोखराबाटै खेल्दैछन् । विश्व फ्रेन्चाइज क्रिकेटमा उनी पनि उम्दा अलराउन्डर हुन् ।

विराटनगर किङ्ग्समा पनि अनुभवले खारिएका विदेशी खेलाडीको उपस्थिति छ । विराटनगर किङ्ग्समा स्कटल्यान्डका जर्ज मुन्सी समावेश छन् । उनी बायाँहाते ब्याटर हुन् । मुन्सी ठूलठूला सट प्रहार गर्न माहिर छन् । विराटनगरमा रहेका न्युजिल्यान्डका मार्टिन गप्टिल विश्व क्रिकेटमा चिनिएका खेलाडी हुन् । मुख्यतया टी–ट्वान्टी क्रिकेटमो उनले उल्लेखनीय खेल प्रदर्शन गरेका छन् । भारतका शुभम रन्जन घरेलु क्रिकेटमा चम्किएका युवा ‘अलराउन्डर’ हुन् भने दक्षिण अफ्रिकाका मर्चन्ट डी लान्गे तेज बलर हुन् । दुवै जनाको उपस्थितिले विराटनगर किङ्ग्स बलियो टोली बनेको छ । दक्षिण अफ्रिकाका फाफ डू प्लेसिसले विश्व क्रिकेट राम्रा फिनिसरमध्येका एक हुन् । यस्तै, इङ्ल्यान्डका सामुएल डाली ह्याज्लेट मध्यमक्रमका ब्याटर हुन् । यसले पनि पोखरासँगको प्रतिस्पर्धा रोचक बनाउने देखिन्छ ।

कर्णाली याक्समा भारतका इमरान शेख समावेश छन् । उनी लामो पारी खेल्न सक्ने खुबी भएका खेलाडी हुन् । यस्तै अष्ट्रेलियाका विल बोसिस्टोले आफ्नो देशबाट यु–१९ को कप्तानी भूमिका निर्वाह गरिसकेका छन् भने उनी मध्यम क्रमका भरपर्दा खेलाडी हुन् । स्कटल्यान्डका मार्क वाट टी–२० क्रिकेटमा प्रभाव जमाएका खेलाडीका रुपमा चिनिन्छन् । म्याक्स ओडाउड नेदरल्यान्ड्सका प्रमुख प्रारम्भिक खेलाडी हुन् । उनी बढीभन्दा बढी रन बनाउने क्षमता भएका खेलाडी हुन् । अफगानिस्तानका नजिबुल्लाह जड्रान विस्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनी मैदानमा लामा लामा सट प्रहार गर्न सक्ने खेलाडीका रुपमा दर्शकमाझ परिचित छन् । भारतका प्रियाङ्क पञ्चाल पनि उत्कृष्ट ब्याटर हुन् । यस्तै भारतका जय किसन कोल्सावाला विकेटकिपर–ब्याटर हुन् । उनी विश्वसनीय इनिङ एङ्करका रुपमा चिनिन्छन् ।

यस्तै चितवन राइनोजमा अनुभवी अलराउन्डर खेलाडी समावेश छन् । चितवनमा इङ््ल्यान्डका रवि बोपारा अलराउन्डर र प्रभावकारी खेलाडी हुन् । यस्तै पाकिस्तानका सोहेल तन्विर पनि चितवनमै समावेश छन् । उनी फास्ट बलर हुन् । उनको बलमा ब्याटरहरुले सितिमिति रन बटुल्न सक्दैनन् । बङ्गलादेशका साइफ जाइब लराउन्डर हुन् । मध्य क्रममा खेल्ने उनी आफ्नो टोलीको पारीलाई लामो समय मैदानमा टिकाउन सक्ने क्षमता भएका खेलाडी हुन् । इङ्ल्यान्डका डेभिड मलान विश्श्व टी–२० क्रिकेटका शीर्ष स्थानका ब्याटर हुन् । यस्तै भारतका अल्पेस रम्जानी युवा स्पिनर हुन् । दुवै जना चितवनमा समावेश खेलाडी हुन् । चितवन बलिङ र ब्याटिङ दुवैमा सन्तुलित टोली हो । त्यसैले कर्णालीविरुद्धको अहिले भइरहेको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

सृजना राई/रासस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn