एनपिएल दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय स्तरमा चर्चा

विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो । भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् ।

काठमाडौँ / काठमाडौँको कीर्तिपुरमा सुरु भएको ‘नेपाल प्रिमियर लिग’ (एनपिएल) दोस्रो संस्करणबारे अन्तरराष्ट्रिय क्रिकेट समुदायमा पनि उल्लेखनीय चासो देखिएको छ ।

विश्वस्तरीय सञ्चारमाध्यम र विदेशी प्लेटफर्ममा एनपिएलमा नेपालको फ्रेन्चाइज क्रिकेटले अन्तरराष्ट्रियस्तरमा ध्यान तानेको हो । भारत र पाकिस्तानका क्रिकेट ‘फ्यान–पोर्टल’ र क्षेत्रीय वेबसाइटहरूले एनपिएललाई स्थान दिँदै चर्चा गरेका छन् । एनपिएलबारे भारतमा स्टार स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ । भारतकै ‘फनकोड डटकम’लगायतमा पनि एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेको छ ।

संयुक्त अधिराज्य बेलायतस्थित ‘क्रिकेट वल्र्ड डटकम’ ले एनपिएल–२ का टिम, स्क्वाड र विदेशी खेलाडीबारे विस्तृत सामग्री प्रकाशन गरेको छ । फाफ डू प्लेसिस, जेसन रोय र इम्रान ताहिरजस्ता अन्तरराष्ट्रिय खेलाडीको सहभागितालाई यसले नेपालको फ्रेन्चाइज क्रिकेट स्तरवृद्धिका साथै एनपिएललाई दक्षिण एसियाली टी–२० संरचनामा उदाउँदै गरेको नयाँ अवसरका रूपमा चर्चा गरेको छ । बिबिसी नेपाली सेवाले सोमबारको ‘साँझपख’ मा उद्घाटनका दिनका खेलमा जनकपुर बोल्टस्लाई काठमाडौँ गोर्खाजले पराजित गरेको र क्रिकेटप्रेमीको आकर्षणबारे समाचार सम्प्रेषण गरेको थियो ।

बेलायतकै क्रिकेट प्लेटफर्म ‘विस्डेन डटकम’ले यसपटक एनपिएलको प्रसारण ढाँचामा आएको परिवर्तनलाई व्याख्या गरेको छ । यस प्रकारको स्थानले नेपाली क्रिकेट अब क्षेत्रीयस्तरमा प्रतिस्पर्धी बन्दै गएको सङ्केत मिलेको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn