बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निर्व्याजी ऋण उपलब्ध गराउने

जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निब्र्याजी ऋण रकम उपलब्ध गराउने बताउनुभयो ।

रसुवा / बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निर्व्याजी ऋण उपलब्ध गराउने भएको छ ।

जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निब्र्याजी ऋण रकम उपलब्ध गराउने बताउनुभयो । उहाँले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गर्नुभयो ।

दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो । सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरुले बेवास्ता गर्ने गरेको बताउनुभयो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवर्द्वन अगाडि बढाउन आग्रह गर्नुभयो ।

जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति÷संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा–४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा–३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन्भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn