पाँचखाल विशेष औद्योगिक क्षेत्रको डिपिआर तयार गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ/ काभ्रेको पाँचखालमा निर्माण योजना रहेको पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समझदारी भएको छ । यसका लागि लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनीबिच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।

६५ औँ बोर्ड बैठकले प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । 

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गर्नुभएको छ । 

Lahachhap

समझदारी अनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि करिब १० महिनाभित्रमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बोर्डको कार्यालयमा पेस गर्ने छ । 

हस्ताक्षर समारोहमा प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले यस परियोजना सफल बनाउन सक्दो पहल गर्ने बताउनुभयो । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्दिष्ट समयमा गुणस्तरीय प्रतिवेदन तयार हुने र सबै मापदण्ड पूरा गरी परियोजना अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानुन अन्तर्गत स्थापित हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्व रहेको कम्पनी हो । कम्पनीले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनका लागि २०८१ चैत २८ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments