गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत हुनुहुन्थ्यो ।
काठमाडौँ / नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत हुनुहुन्थ्यो ।
डिआइजी कार्कीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित