कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको स्थगित

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

ललितपुर / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments