स्लीप मेडिसिन सम्बन्धी ज्ञान, अनुभव र नवीनतम प्रविधिहरूका बारेमा ज्ञान आदानप्रदान आपसी सीप र ज्ञान साटासाट गर्न एशिया र विश्वभरका अनुसन्धानकर्ता, चिकित्सकलाई उत्कृष्ट अवसर हुने आयोजक समितिका संयोजक रहेका नाक, कान, घाँटी रोग विशेषज्ञ प्राध्यापक डा. मोनिका पोखरेलले जानकारी दिइन् ।
काभ्रेपलान्चोक / ‘स्लीप मेडिसिनको आवश्यकताप्रति जागरण गराउन’ धुलिखेल अस्पतालमा ‘नेपाल स्लीप सम्मेलन २०२५’ बिहीबार देखि जारी छ ।
धुलिखेल अस्पतालको नाक, कान, घाँटी विभाग, काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको आयोजना र नेपाल स्लीप डिसअर्डर सोसाइटी र रेस्पिरेटरी थेरापिस्ट्स विदाउट बोर्डर्सको सहकार्यमा जारी दुई दिनको सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा विशेषज्ञहरू सहभागी छन् । सम्मेलनमा शैक्षिक (इन्स्ट्रक्सनल) कोर्षहरुका साथै ओरेसन, प्यानल छलफल हुनेछ ।
स्लीप मेडिसिन सम्बन्धी ज्ञान, अनुभव र नवीनतम प्रविधिहरूका बारेमा ज्ञान आदानप्रदान आपसी सीप र ज्ञान साटासाट गर्न एशिया र विश्वभरका अनुसन्धानकर्ता, चिकित्सकलाई उत्कृष्ट अवसर हुने आयोजक समितिका संयोजक रहेका नाक, कान, घाँटी रोग विशेषज्ञ प्राध्यापक डा. मोनिका पोखरेलले जानकारी दिइन् ।
नाक, कान, घाँटी शल्यचिकित्सक प्राध्यापक डा. नर्वट स्टाचे, निद्रा विशेषज्ञ ग्लिन रोल्दान, नाक, कान, घाँटी शल्यचिकित्सक प्राध्यापक डा. भेनेला देवाराकोण्डा र पोलिसोमनोग्राफिक टेक्नोलोजिस्ट म्यागी साइलेनसिनो व्याण्डीसहित अन्तर्राष्ट्रिय विज्ञ सहभागी छन् ।
नाक, कान, घाँटी शल्यचिकित्सक प्राध्यापक डा. इन्कु श्रेष्ठ बस्नेत, प्राध्यापक डा. मोनिका पोखरेल, डा. योगेश न्यौपाने, श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनी, डा. प्रज्वल श्रेष्ठ र मुटुरोग विशेषज्ञ प्राध्यापक डा.सञ्जय हुमागाईसहित नेपाली विज्ञ सहभागी छन् ।
अर्थोडोन्टिक सर्जन प्राध्यापक डा. दशरथ काफ्ले, फरेन्सिक मेडिसिनका प्राध्यापक डा. राजकुमार कार्की, ओरोमेगजिलोफेसियल सर्जन डा. किशोर भण्डारी, अर्थोडोन्टिक सर्जन प्राध्यापक डा. मनिष बज्राचार्य, मनोरोग विशेषज्ञ डा. अनन्तप्रसाद अधिकारी, ग्यास्ट्रोइन्टेरोलोजिष्ट डाक्टर टंकप्रसाद बोहरा, स्वासप्रश्वास रोग विशेषज्ञ डा. निरिश वैद्य, बालरोग विशेषज्ञ डा. विवेक कुमार तोदीलगायत वक्ताको रूपमा छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित