दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भ तयारी गर्नका लागि कार्यसम्पादन सम्झौता

शुक्लाफाँटा नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो ।

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आज नगरपालिका र विद्यालयका प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता गरिएको छ ।

नगरपालिकाले विद्यालयमा देखिएका कमजोरीलाई सम्बोधन गर्दै दीर्घकालीन शैक्षिक सुधारको आधारस्तम्भका रूपमा यो सम्झौतालाई अघि बढाएको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टका अनुसार सम्झौताले विद्यालयमा मौजुदा मानव संशाधन, भौतिक संरचना र वित्तीय स्रोत साधनको अधिकतम प्रयोग सुनिश्चित गर्नेछ ।

“यसले शिक्षकको पेशागत विकासलाई टेवा पुग्छ, शिक्षण क्षमता अभिवृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउन मद्दत गर्छ ।” सम्झौताअनुसार विद्यालयले नगरपालिकाले निर्धारण गरेको शैक्षिक क्यालेण्डर बमोजिम वार्षिक कार्यपात्रो निर्माण गरी लागू गर्नुपर्नेछ । प्रत्येक शिक्षकले अध्यापन गर्ने विषयअनुसार वार्षिक कार्ययोजना, एकाइ योजना र दैनिक पाठयोजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

शाखा प्रमुख भट्टले शैक्षिक अनुशासन, पारदर्शिता र सुशासनलाई उच्च प्राथमिकतामा राख्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी समिति, विषयगत समितिलगायत संरचनालाई सक्रिय रूपमा परिचालन गरिने बताउनुभयो ।

भौतिक व्यवस्थापनतर्फ विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त कक्षाकोठा, फर्निचर, पुस्तकालय, विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, बैठक कक्ष, स्टाफ कक्ष, सरसफाइ, खानेपानी, शौचालय, अपाङ्गमैत्री तथा बालमैत्री संरचना विकासलाई प्राथमिकता दिइने सम्झौतामा उल्लेख छ ।

वित्तीय पक्षमा विद्यालयले शैक्षिक सत्रको पहिलो महिनामै वार्षिक बजेट तयार गरी विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गर्नुपर्नेछ । त्यसैगरी विद्यालय सुधार योजना, सामाजिक परीक्षण र लेखापरीक्षण समयमै सम्पन्न गरी प्रतिवेदन नगरपालिकामा बुझाउनुपर्ने प्रावधान राखिएको छ । सबै प्रकारका कारोबार अनिवार्य रूपमा बैंक प्रणालीमार्फत गर्ने र दोहोरो लेखा प्रणालीको सिद्धान्तअनुसार खाता सञ्चालन गर्ने व्यवस्था सम्झौतामा समावेश गरिएको छ ।

मानव संशाधन व्यवस्थापनतर्फ कक्षागत शिक्षक–विद्यार्थी अनुपात मिलाउने, विषयगत समिति गठन गर्ने, सिकाइ उपलब्धिको अभिलेख तयार गर्ने र सुधार योजना बनाएर कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । विद्यार्थी मूल्याङ्कनलाई केवल अङ्कका आधारमा नभई सिकाइ सुधारका अवसरका रूपमा प्रयोग गर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाको शिक्षा शाखाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले सम्झौता गरिएका प्रधानाध्यापकहरूले तत्काल विद्यालयमा गुनासो सुन्ने अधिकारी तोक्ने, विद्यालयमा कार्यरत शिक्षकसँग कार्य सम्पादन सम्झौता गर्ने, करार शिक्षाको म्याद थप्ने र त्यसको जानकारी गराउने, शिक्षण सिकाइ सुधारका लागि उच्च शैक्षिक उपलब्धी हासिल गर्नका लागि प्रयासरत हुनुपर्नेछ ।

शैक्षिक व्यवस्थापन सूचना प्रणाली(इएमआइएस) अपडेट गर्ने, बालसञ्जाल गठन गर्ने, बेरुजु फस्र्यौट गर्ने, विद्यालयको वेवसाइट निर्माण गर्ने, फेसवुक पेज तयार गर्ने, बुक कर्नरलाई व्यवस्थीत गर्ने र विद्यार्थी शिक्षकलाई विद्यालय पोशाकमा अनिवार्य विद्यालय आउने व्यवस्था गर्न सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संयोजक रहने गरी पाँच सदस्यीय समिति गठन गर्ने प्रावधान राखिएको छ । “हरेक महिनाको प्रस्तुतीकरण मूल्याङ्कन गरी विद्यालयको प्रगति मापन गरिने र उत्कृष्ट विद्यालयलाई घोषणा गर्दै प्रोत्साहन गरिने छ”, उहाँले भन्नुभयो, “सम्झौतको अवधि एक शैक्षिक सत्रसम्म रहने व्यवस्था गरिएको छ ।”

प्रधानाध्यापकहरूसँगको कार्यसम्पादन सम्झौता कार्यक्रममा सहभागी शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सम्झौताले विद्यालयमा उत्तरदायित्व र पारदर्शिताको बोध गराउने बताउनुभयो ।

“प्रधानाध्यापकहरूसँग गरिएको सम्झौताले विद्यालयमा जिम्मेवारीको स्पष्टता ल्याउँछ”, उहाँले भन्नुभयो, “शिक्षण–सिकाइमा सुधार ल्याउने कार्यसँगै विद्यार्थीको सिकाइ उपलब्धिमा ठोस सुधार ल्याउने अपेक्षा गरिएको छ ।”

कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशीले सम्झौताबाट विद्यालय शिक्षामा गुणस्तर सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सम्झौताले विद्यालयलाई थप जिम्मेवार बनाउनेछ, जसको प्रत्यक्ष प्रभाव शैक्षिक नतिजामा देखिनेछ ।”

बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले यसलाई विद्यालय शिक्षाको गुणस्तर सुधारतर्फको पहिलो औपचारिक अभ्यासका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताले शिक्षक, अभिभावक, समिति र नगरपालिकाको सक्रियता बढाएर जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्नेछ ।”

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरले कार्य सम्पादन सम्झौताबाट सामुदायिक विद्यालयमा अनुशासन, पारदर्शिता, परिणाममुखी पठन–पाठन र समग्र शैक्षिक विकासमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “यसले विद्यार्थीको सिकाइ परिणाम मात्र नभई विद्यालय शिक्षामा समुदायको विश्वास पनि बढाउनेछ ।” हाल शुक्लाफाँटा नगरपालिकामा २८ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयमा १५ हजार ५३० विद्यार्थी अध्ययनरत छन् भने नगरपालिकाको साक्षरता दर ९५ प्रतिशत रहेको छ ।

  –राजेन्द्रप्रसाद पनेरु/रासस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures