पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्वस्वास्थ्य सचिव एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आज कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको हो ।

ललितपुर / वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित ‘सङ्घर्षबाट सफलता जीवनका अनुभव र अनुभूतिहरु’ पुस्तक लोकार्पण गरिएको छ ।

चिकित्सा क्षेत्रमा ५२ वर्ष योगदान दिनुभएका डा श्रेष्ठद्वारा लिखित उक्त पुस्तक सरकारका पूर्वस्वास्थ्य सचिव एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा बद्रीराज पाण्डेले आज कुपन्डोलमा आयोजित कार्यक्रममा लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै उहाँले यसमा लेखकको प्रेरणादायी पारिवारिक जीवन, रमाइला क्षण, सङ्घर्ष, सोच, प्रतिबद्धता र उहाँको सफलताको यात्रालाई समेटिएको उल्लेख गर्नुभयो ।

“आत्मजीवनी केवल एउटा जीवनको कथा होइन, यो एउटा समयको साक्षी पनि हो, एउटा यात्राको दस्तावेज हो, जहाँ सङ्घर्ष, समर्पण र सफलताको कहानीसँगसँगै बगिरहेको हुन्छ । पुस्तकको शीर्षक ‘सङ्घर्षबाट सफलता’ स्वयं बोल्छ, यो यात्रामा दुःख छ, सङ्घर्ष छ, तर प्रतिबद्धतामा अडिग भई निष्ठापूर्वक इमान्दारी साथ कर्म क्षेत्रमा होमिएपछि अन्ततः उपलब्धि निश्चय नै प्राप्त हुन्छ”, पूर्वसचिव डा पाण्डेले भन्नुभयो ।

पुस्तकका लेखक डा श्रेष्ठले आफूसँग सकारात्मक सोच मात्रै छ भन्दै आफ्नो जीवनका सबै अवरोध पुस्तकमा समेटिएको बताउनुभयो ।

प्राडा जगतमान श्रेष्ठले जीवन खोलाजस्तो सहजै बग्ने नभएको बताउँदै किताबमा समेत अप्ठ्यारो र कठिन परिस्थितिलाई समेटिएको बताउनुभयो । सरकारका पूर्वसचिव रामचन्द्रमान सिंहले जीवनको आठ दशकको हाराहारीमा पुग्दा पनि लेखक डा श्रेष्ठले आफ्नो सामाजिक दायित्व पूरा गर्दै इतिहास र भूगोलको सम्मिश्रणको गाथा समेटेर पुस्तक प्रकाशन गर्न सफल भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

संसद् सचिवालयका पूर्वसचिव तोयानाथ भट्टराईले पुस्तकमा प्राविधिक, सामाजिक, प्रशासनिक, साहित्यिक र आध्यात्मिक कुरालाई समेटिएको बताउनुभयो । पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले पुस्तक जीवनको भावना र यथार्थलाई चित्रण गर्ने माध्यम भएको उल्लेख गर्दै यसमा जन्मेको समाज, संस्कृति र भूगोललाई समेटिएको छ भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news