आपराधिक लाभ हासिल गरेको अभियोगमा नेपाल ट्रष्टका तत्कालीन सहसचिव पक्राउ

काठमाडौँ/नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गाको लिज सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङको बीचमा लिजमा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएको भन्दा बढी जग्गा दिएको पाइएको छ ।

सूचनामा उल्लेख भएको कित्ताको जग्गाभन्दा बढी अर्काे कित्तासमेत थप गरी लिजमा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको ब्यूरोले जनाएको छ । सो सम्झौताले नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी लिजमा दिइएको थियो ।

विभिन्न ओहदा र पदमा रहेका व्यक्तिले गैरकानुनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेका अनुसन्धानका क्रममा देखिएको ब्यूरोले जनाएको छ ।

आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानका क्रममा करार सम्झौता गर्ने कार्यमा संलग्न रहेका ट्रष्टको कार्यालयमा कार्यरत तत्कालीन सहसचिव कार्कीलाई ब्यूरोले शुक्रबार पक्राउ गरी हाल अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments