‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत’ पुरस्कार

नेपाली गीतसङ्गीतमा उहाँले पुर्‍याउनुभएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरिएको हो ।

काठमाडौँ / गायक कमल विके ‘निर्मोही’लाई यसवर्षको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार-२०८२’ द्वारा सम्मानित गरिएको छ ।

नेपाली गीतसङ्गीतमा उहाँले पुर्‍याउनुभएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदर गर्दै काठमाडौँमा आयोजित विशेष समारोहमा रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरिएको हो ।

गायक निर्मोही पछिल्ला वर्षहरूमा मिर्गौला रोगबाट पीडित रहँदा पनि निरन्तर साङ्गीतिक सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता गीतहरू आज पनि श्रोतामाझ अत्यन्त लोकप्रिय छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उहाँलाई सम्मान प्रदान गर्नुभयो । पुरस्कारका संरक्षक गायक तथा सङ्गीतकार कन्हैया सिंह परियारले पुरस्कारको मूल उद्देश्य नेपाली सङ्गीतमा उल्लेखनीय योगदान पुर्‍याएका अग्रज स्रष्टा र कलाकारलाई जीवनकालमा सम्मान गर्ने रहेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ले गीतसङ्गीतमा आबद्ध कलाकारलाई दिइँदै आइएको नगद राशिसहितको पुरस्कार प्रेरणादायी रहेको भन्दै प्रशंसा गर्नुभयो । यस्ता सम्मान कार्यक्रमले कलाकारहरूमा नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्ने काम गर्ने बताउँदै उहाँले कलाकर्मीलाई निरन्तर सिर्जनशील रहन प्रेरणा दिने उल्लेख गर्नुभयो ।

अध्यक्ष डिसीले यस्ता कार्यक्रम हरेक क्षेत्रमा निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले प्रवासमा रहेर पनि नेपाली गीतसङ्गीतको विकासका लागि योगदान दिनुभएकामा पुरस्कार समितिका संरक्षक कन्हैया सिंह परियार र अञ्जना गुरुङलाई धन्यवाद प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news