शुक्रबार सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले छपाईको बटम थिचेर सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइ शुभारम्भ गरेका छन् ।
काभ्रेपलाञ्चोक / काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाई सुरु भएको छ ।
सवारीचालक अनुमति पत्र (लाइसेन्स) छपाइको शुक्रबार सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले छपाईको बटम थिचेर शुभारम्भ गरेका छन् ।
यातायात व्यवस्था विभागले दिएको १२ लाख पहिलो चरणमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गर्ने केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार केन्द्रमा सुरुमा दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ ।
“केन्द्रले सबै प्रक्रिया पूरा गरेर ढिलोमा ६ महिनामा १२ लाख सवारीचालक अनुमतिपत्र उपलब्ध हुने गरि छपाई सुरु भएको छ, मुद्रण केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले भने “बजेट उपलब्ध भयो भने आवश्यकअनुसार थप लाइसेन्स छाप्न सक्छौं।-ढुंगानाले भने । कार्यकारी निर्देशक ढुंगानाका अनुसार आजकै मितिदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा र भिषा स्टिकर छपाई गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै रु तीन अर्ब लगानी भएको छ ।
गत जेठ ९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबिच छाप्न बाँकी सवारीचालक अनुमतिपत्र छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । जेठमा एमओयू भए पनि दुबै सस्थाको प्राविधिक मूल्यांकन पछी एक हप्ता अघि मात्र कार्यान्वयन पत्रमा हस्ताक्षर भएको थियो
पहिलो चरणमा १२ लाख सवारीचालक अनुमतिपत्र छापाईको लागि यातायात व्यवस्था विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ । मुद्रण केन्द्रमा छपाइ गर्दा यातायात व्यवस्था बिभागले पहिले छापेको भन्दा १ सय रुपैया सस्तो पर्नेछ ।
विभागले केन्द्रलाई छाप्नुपर्ने सवारीचालक अनुमतिपत्र स्याम्पल उपलब्ध गराएपछि स्याम्पलिङको काम भई रहेको छ ।

कार्यक्रममा सञ्चार सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइकाबाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाईको काम सुरु गरिएको बताए । बर्षौदेखि थन्किएर अलपत्र भएका धुलाम्मे मेसिन र पार्टपूर्जाको धुलो पन्छाएर छपाइ सुरू गरिएको मन्त्रीको भनाई छ ।
उनकाअनुसार केन्द्रका मेसिनबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, विभिन्न स्टीकर, हुलाक टिकटलगायत थुप्रै काम गर्न सकिने भएपनि लामो समयसम्म छपाइको काम हुन सकेको थिएन । निकै मेहेनत गरेर सरकारी प्रेसबाटै लाइसेन्स छपाइ सुरु गरेको बताउदै सञ्चारमन्त्री खरेलले भने २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ । चिट कागजमा मात्रै सीमित रहेको अवस्यामा यहाँबाट छपाई सुरु गरेर जनतलाई सुशासनको प्रत्याभूति दिने हाम्रो सोच रहेको छ ।
लाईसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत छपाई सधै विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर जाने अवस्था र सुरक्षाको सवाल पनि उठ्ने गरेको थियो । सञ्चारमन्त्री खरेलले पूर्वाधार र स्रोत साधन भएर पनि छपाइको काम गर्न नसकिएको अवस्थामा नीतिगत सुधार गरेर छपाई सुरु गरिएको बताए । सुरक्षित मुद्रणबारे अदालतमा मुद्दा र अख्तियारमा उजुरी थियो । केन्द्रको वेथिति, कानुनी अफ्ठ्यारा छिचोल्दै नियमावली ल्याएर स्रोत साधनको सुनिश्चित गरी जनशक्ति व्यवस्थापन गरेर लाइसेन्छ छपाई सुरु गरिएको हो ।
कार्यक्रममा सञ्चार सूचना तथा प्रविधि सचिव राधिका अर्यालले लाइसेन्स छपाईको सुरुवातको महत्वपूर्ण दिन भएको बताईन । यो छपाईको कामले केन्द्रकोलागि लाखौ मीटरको यात्रा सुरु भएको उनको भनाई थियो ।
पनौती नगरपालिका का नगरप्रमुख रामशरण भण्डारीले सुरुवात भएको र निरन्तरताको लागि अनुरोध गरे ।
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले दैनिक ३-४ सय ब्यक्तिहरु लाइसेन्स माग्न आउने गरेको बताए । “धेरै गाली खाईरहेको बेलामा ख़ुशी मिलेको छ, यो अवसरमा सहयोग गर्ने सबैलाई धन्यवाद ।”-तिवारीले भने “अहिले २८ लाख लाइसेन्स छपाईको आवश्यकता हो । धेरै सेवाग्राहीहरु लाइसेन्स माग्दै विभाग आउनुहुन्छ तर दिन सकिरहेको थिएन । लाइसेन्स छाप्नुपर्ने दायित्व प्रदेशको थियो तर छाप्न सकेनन। सरकारी तवरबाट नै सुरू भयो, ख़ुशी लाग्यो ।

सवारीचालक अनुमतिपत्र छपाई सुरु भएपनि अन्य छपाईको मेशिन केन्द्रको भवन अघि अलपत्र अवस्थामा छ । कण्टेनर भीत्र पालले छोपेर राखिएको मेशिनले कागजमा आधारित पासपोर्टको बुकलेट, नागरिकता, लालपुर्जा, अन्तशुल्क लगायतको छपाई गर्ने केन्द्रका कार्यकारी निर्देशक डुंगानाले जानकारी दिए । दुईबर्ष देखि पाल भीत्र राखिएको मेशिन राख्ने भवन बनिरहेकोले अबको छ महिनाभीत्र भवनमा सारिने जानकारी दिए । अनुगमनका क्रममा मन्त्री खरेलले मेशिनको सुरक्षाको लागि निर्देशन दिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित