मनोरन्जन:

निर्देशक खकुरेल ‘ग्लोबल आइकन अवार्ड’द्वारा सम्मानित

‘द मार्सल आर्ट, संघर्ष, बल्लु भाइ, लुटल जिन्दगी , सम्झि दिए पुग्छ, खुडकिलो, राम जाने, देश प्रेमी, द पोन्ड,’ र ‘अच्छोप’ जस्ता चर्चित चलचित्रका निर्देशक खकुरेललाई चलचित्रमार्फत राष्ट्रिय पहिचान प्रवर्द्धनमा देखाएको रचनात्मक दृष्टिकोणका लागि सम्मान गरिएको हो।

काठमाडौँ / नेपाली चलचित्र निर्देशक तथा लेखक जनकराज खकुरेल मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटी कलेजमा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार (IEA) २०२५ मा ‘ग्लोबल आइकन अवार्ड’ द्वारा सम्मानित भएका छन् ।

अप्टिमेज ग्लोबल (अष्ट्रेलिया,नेपाल) र एक्जिटो इभेन्ट्स (अष्ट्रेलिया) को संयुक्त आयोजनामा ११ देशका प्रतिनिधिहरूको सहभागितासहित विश्वव्यापी उत्कृष्टता, नेतृत्व र नवीनताको उत्सव मनाएको थियो। ‘द मार्सल आर्ट, संघर्ष, बल्लु भाइ, लुटल जिन्दगी , सम्झि दिए पुग्छ, खुडकिलो, राम जाने, देश प्रेमी, द पोन्ड,’ र ‘अच्छोप’ जस्ता चर्चित चलचित्रका निर्देशक खकुरेललाई नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको असाधारण योगदान र चलचित्रमार्फत राष्ट्रिय पहिचान प्रवर्द्धनमा देखाएको रचनात्मक दृष्टिकोणका लागि सम्मान गरिएको हो।

पुरस्कार ग्रहण गर्दै खकुरेलले भने, ‘यो सम्मान नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रभावको मान्यता हो। यसले मलाई नेपालको आत्मालाई प्रतिबिम्बित गर्ने कथाहरू सुनाउन अझ प्रेरणा दिएको छ।’

काभ्रेपलान्चोक जिल्लाको नमोबुद्धका प्रतिभावान कलाकार खकुरेल बिबिध विधाका चलचित्रमा निर्देशन मार्फत स्थापित भैसकेका छन्।

कार्यक्रमको अध्यक्षता अप्टिमेज ग्लोबलकी सह–संस्थापक तथा निर्देशक सुश्री अनुजा आचार्यले गर्नुभएको थियो भने लिंकन युनिभर्सिटी कलेजका सीईओ दातो (अम्ब) डा. मोहम्मद युसुफ ए. बकर प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार २०२५ ले शिक्षा, उद्यमशीलता, नवीनता, सामाजिक सेवा र कलाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ११ देशका २२ व्यक्तित्वलाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments