न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो दायित्व होः प्रधानन्यायाधीश राउत

ललितपुर / प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकामाथि सबैको विश्वास र भरोसा कायम राख्नु हाम्रो मुख्य दायित्व भएको बताउनुभएको छ ।

आज ललितपुर बार एशोसिएसनको सभाहलमा भएको पूर्वन्यायाधीश द्वारिकामान जोशीद्वारा लिखित देवानी कार्यविधि कानुन ‘सिद्धान्त र व्यवहार’ नामक तेस्रो कृतिको सार्वजनिकीकरण समारोहमा मन्तव्य राख्नुहुँदै प्रधानन्यायाधीश राउतले भन्नुभयो, “आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्ण रुपमा सञ्चालनमा आउनेछ, अदालतप्रतिको जनआस्था वृद्धि गराउन फैसलामा विधिशास्त्र हुनुपर्छ मात्रै हैन, यसलाई छिटो र सहज रुपमा दिने व्यवस्था पनि कार्यान्वयनमा आउनुपर्छ ।

प्रधानन्यायाधीश राउतले पुस्तक लेख्ने र अनुभवलाई समेट्ने अवसर सबैलाई रहेकाले त्यसलाई समात्न सक्नुपर्नेमा जोड दिनुभयो । “विद्धान लेखकको गहन अध्ययन, अनुसन्धानबाट महत्वपूर्ण पुस्तक प्राप्त भएको छ, निष्ठा र अनुभवले खारिएको व्यक्तिले लेखेको पुस्तक अत्यन्तै गहकिलो छ, पुस्तक पढ्न जति सजिलो हुन्छ, लेख्न त्यति सजिलो छैन,”, उहाँले भन्नुभयो ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले देवानी न्यायसम्पादन प्रणालीलाई यस पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउने बताउँदै न्याय क्षेत्र र प्रणालीको सुधारका लागि उत्कृष्ट कृति हुने विश्वास व्यक्त गर्नुभयो । निष्ठावान् पूर्वन्यायाधीशद्वारा लिखित यस पुस्तकले कानुनका बहुआयामिक पक्षलाई समेटेको धारणा राख्दै पुस्तकमा समेटिएका विषय सिलसिलेवार रुपमा समावेश गरिएको उहाँको भनाइ थियो । मुख्यन्यायाधीश कुँवरले न्यायालयप्रति जनआस्था बढाउन र न्यायसम्पादनका प्रक्रियालाई सम्बोधन गर्न यस पुस्तकले सहयोग गर्ने धारणा राख्नुभयो ।

नेपाल बार एशोसियसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायप्रणालीबाट देवानी प्रकृतिका न्यायसम्पादन छिटोछिटो हुने अवस्था नरहेको अवस्था सुधारका लागि र छिटो मुद्दाको किनारा लगाउनका लागि जटिलतालाई सहजीकरण गर्न यस पुस्तकले योगदान पु¥याउने बताउनुभयो ।

पुस्तकका लेखक एवं उच्च अदालतका पूर्वन्यायाधीश द्वारिकामान जोशीले देवानी मुद्दामा धेरै मुद्दाहरु असफल भएका, धेरै मुद्दामा प्रमाण नपुग्ने अवस्थामा गलत व्यक्तिले पनि न्याय प्राप्त गरेको कतिपय अवस्था रहेका सन्दर्भमा कानुनी सहजताका लागि विद्वतवर्गको मागअनुसार पुस्तकको प्रकाशन गरिएको जानकारी गराउनुभयो । उहाँले पुस्तकमा धेरै विषयवस्तु समावेश भएको बताउँदै बजारको आवश्यकताअनुसार यो पुस्तक उपयोगी र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्नुहुँदै वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले र पूर्वन्यायाधीशद्वारा लिखित यस पुस्तक सहज र स्पष्ट रुपमा लेखिएको बताउँदै यसमा गहन विषयवस्तु समेटिएको धारणा राख्नुभयो । उहाँले सरल र मिठासपूर्ण शैलीमा लेखिएको यस पुस्तकबाट नवप्रवेशी कानुन व्यवसायीलगायत दिग्गज पुराना कानुन व्यवसायी, कानुनका विद्यार्थीलगायतलाई महत्त्वपूर्ण लाभ मिल्ने जानकारी गराउनुभयो ।

अधिवक्ता डा रेवतीराज त्रिपाठीले देवानी कानुन नयाँ पुस्ताका लागि जटिल विषय भएको भन्दै न्याय सम्पादनमा महत्वपूर्ण आधार हुने धारणा राख्नुभयो । उहाँले पुस्तकमा देवानी कार्यविधिका सैद्धान्तिक विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको जानकारी गराउनुभयो ।

ललितपुर बार एशोसियसनका अध्यक्ष राम श्रेष्ठले पुस्तकले कार्यविधि कानुनको त्रुटिले धेरै मुद्दा बदर हुने अवस्थाको अन्त्य गरिदिने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels