बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काभ्रेपलान्चोक/ अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ ।

प्रहरीले नमोबुद्ध न.पा ६ चौकिडाडा, रोशी गा.पा. ७, ऐ ४०० बेशी, रोशी गा.पा ११ डालाबेशी रोशि गा.पा ९ बिरुवाडाडा,कोक्सिकुना बिरुवाडाडा , नार्के , स्थित बि.पि. राजमार्ग सडक खण्डमा सडक माथिबाट लेदो र ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको जनाएको छ ।

अवरुद्ध सडक सुचारु गर्नका समय लाग्ने भएकोले वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

Lahachhap
फोटोः प्रिन्स मैनालीको फेसबुक पेज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments