सुन र नगदका लागि आमाको हत्या आरोपमा छोरा पक्राउ

जन्म दिने आमाको हत्या! कल्पनासम्म गर्न नसिकने घटना काभ्रेपलाञ्चोकमा भएको छ ।

काभ्रेपलान्चोक प्रहरीले मंगलबार आमाको हत्या गरेको आरोपमा रोसी गाउँपालिका–३ का २८ वर्षका फुर्साङ लामालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काका अनुसार फुर्साङले कात्तिक १६ गते सुन र नगदका लागि ६९ वर्षीया आमा माइली लामाको हत्या गरेको हो।

‘घटनाको अनुसन्धानको क्रममा आमाले लगाएको सुन र पैसा लिनका लागि फुर्साङले लोहोरो, झ्याल र ढोकाको आग्लोले हानेर हत्या गरेको खुल्न आएको छ’, पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनु भयो।

हत्या गरेर फरार रहेका फुर्साङलाई २ दिनपछि प्रहरीले पक्राउ गरेको हो ।

आमाको हत्या आरोपमा पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र आमाको कानमा लगाएको मुन्द्राको २०६९ सालको बिल फेला पारेको बताउनुभयो।

प्रहरी उपरीक्षक खड्काले घटनाको अनुसन्धानका क्रममा फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments