बंगलादेशमा सेनाको शीर्ष पदमा हेरफेर

बंगलादेशमा सेनाको केही शीर्ष पदमा हेरफेर गरिएको छ । त्यहाँको इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै हेरफेरबारे जानकारी दिएको छ । 

विज्ञप्तिका अनुसार राष्ट्रिय दूरसञ्चार अनुगमन केन्द्र (एनटीएमसी)का महानिर्देशक मेजर जनरल जियाउल अहसानलाई सेवाबाट बर्खास्त गरिएको छ । मेजर जनरल एएसएम रिदवानुर रहमान लाई एनटीएमसीका महानिर्देशक नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मोहम्मद सैफुल आलमलाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ ।

लेफ्टिनेन्ट जनरल मिजानुर रहमान शमीमलाई सेनाको प्रधानसेनापति नियुक्त गरिएको छ । लेफ्टिनेन्ट जनरल मुजिबुर रहमानलाई सेनाको तालिम र सिद्धान्त कमाण्डको जनरल अफिसर कमान्डिङ (जीओसी) बनाइएको छ भने लेफ्टिनेन्ट जनरल अहमद तबरेज शाम्स चौधरीलाई क्वार्टर मास्टर जनरल बनाइएको छ ।

लेफ्टिनेन्ट जनरल मोहम्मद शाहीनुल हकलाई नेसनल डिफेन्स कलेज (एनडीसी) को कमान्डेन्ट बनाइएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ ।  एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments