थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उहाँको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।

मुमा महारानी आमा सिरिकित कितियाकारा सन् १९३२ अगस्ट १२ मा जन्मिनु भएको हो । उहाँको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ ।

Lahachhap
FILE – Then Queen Mother Sirikit, walks with her son then Thailand’s Crown Prince Maha Vajiralongkorn, as they leave the Siriraj hospital in Bangkok, Dec. 5, 2009. (AP Photo/Apichart Weerawong, File )

केवल १८ वर्षको उमेरमा उहाँले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गर्नुभएको थियो । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) हुनुहुन्थ्यो र उहाँको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो । महारानी आमा सिरिकित पनि त्यसैगरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहनु भएको थियो ।

राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उहाँका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हाल्नुभएको थियो । मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा पर्नुहुन्थ्यो ।

उहाँले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएको थियो । विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाहरूप्रति सहयोग पुर्‍याउँदै थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गर्नुभएको थियो । मुमा महारानी सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गर्नुभएको सयौँ विकास परियोजनाहरूको नियमित निरीक्षण गर्नुहुन्थ्यो ।

Lahachhap

उहाँको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उहाँ १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट–ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन हुनुभएको थियो, जसलाई न्युयोर्क टाइम्स ले ‘विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्वहरू मध्ये एक’ भनेर चित्रण गरेको थियो ।

थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले मुमा महारानीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उहाँको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ ।

मुमा महारानी आमा सिरिकितका एक छोरा — राजा महा भाजिरालोङ्कोर्न, तीन छोरीहरू — राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी — बुस्बा कितियाकारा सथानपोङ रहनु भएको छ ।

थाइल्यान्ड दरबारले मुमा महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।

Lahachhap
Lahachhap

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments