मनोरन्जन:

‘जेनजी’ युवाको देश प्रेम र त्यागप्रति गर्व गर्ने गायक थापाको साङ्गीतिक यात्रा

डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनुहुनेछ ।

गण्डकी / दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुग्नुभएका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा हुनुहुन्छ । तिहारको छेको पारेर अमेरिका उड्नुभएका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिनुहुनेछ । गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उहाँको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुङ्गिनेछ । “आउँदो शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु”, गायक थापाले रासससँग भन्नुभयो, “म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ ।”

यो उहाँको पहिलो अमेरिका यात्रा हो । डेढ महिने यात्राका क्रममा थापाले न्युयोर्क, बाल्टीमोर, कोलम्बस, भर्जिनिया, कोलोराडोलगायत सहरमा प्रस्तुति दिनुहुनेछ । उसो त देशविदेशका साङ्गीतिक कार्यक्रममा उहाँको दौड़धुप गत वर्षदेखि नै बढेको हो । गत पुसमा सार्वजनिक गीत ‘दुश्मन हेरेको हेर्‍यै…’ को सफलताले आफ्नो साङ्गीतिक ‘करिअर’लाई नै नयाँ मोड दिन पुगेको गायक थापाले बताउनुहुन्छ । उक्त गीतलाई युट्यबमा हालसम्म १३ करोडभन्दा बढीपटक हेरिएको/सुनिएको छ । गीत युट्युब ट्रेन्डिङ्को पहिलो स्थान हुँदै ग्लोबल ट्रेन्डिङ्मासमेत परेको थियो ।

गीतको सफलताले भावुक र खुसी सँगसँगै हुनुभएका गायक थापाले त्योबेला भन्नुभएको थियो, “भगवानरूपी दर्शक/स्रोताले दिनुभएको यो सम्मान केबल भ्यूजको सङ्ख्या होइन, यो सपना पूरा भएको क्षण हो ।” ‘दुश्मन हेरेको हेरै…’ मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पार्नुभएको हो । गीतको सङ्गीत संयोजन पनि उहाँले नै गर्नुभएको हो । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उक्त गीत आफ्नो ब्राण्ड गीत जस्तो बनेको थापाले बताउनुभयो । “यो मेरो करिअरकै एउटा मानक गीतका रूपमा रहनेछ”, उहाँले भन्नुभयो ।

थापाको पछिल्लो गीत ‘जाने भए जाममाया…’ पनि गीत चर्चित छ ।

“दुश्मन हेरैको हेरै…गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ”, गायक थापाले भन्नुभयो, “कतिपय ठाउँका कार्यक्रममा माग आए पनि व्यवस्ताका कारण समय दिन सकिरहेको छैन ।” अमेरिकापछि क्यानाडा र युरोपको साङ्गीतिक यात्रा तय हुन लागेको उहाँले सुनाउनुभयो । यस वर्ष अधिकांश विदेशकै कार्यक्रममा व्यस्त रहने उहाँले बताउनुभयो ।

पछिल्लो समय देशविदेशका साङ्गीतिक कार्यक्रम र मेला–महोत्सवमा उहाँको माग बढेको छ । गत हिउँदमा उहाँलाई महोत्सव पुग्न भ्याइनभ्याइ थियो । गत फागुन महिनामा मात्र देशका ३२ भन्दा बढी ठाउँमा पुगेर गायक थापाले प्रस्तुति दिनुभएको थियो । “सँधै म यो स्थानमा रहन सक्दिन, मेरो ठाउँमा अर्को प्रतिभा आइपुग्छ”, उहाँले भन्नुभयो, “तर, म आज जहाँ छु आफ्नै मेहनत र कर्मका कारण छु ।”

सयौँ गीतमा स्वर र म्यूजिक भिडियोमा अभिनय गर्नुभएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिनुभएको छ । थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । ‘डाँडै बिसौनी…’, ‘जूनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौँ…’लगायत उहाँद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै…’मा प्रोमोशनल गीत गाउनुभएका थापाले चलचित्र ‘ह्रस्वदीर्घ’मा गाउनुभएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो । ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उहाँले रचना गर्नुभएको हो ।

उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिनुभएको छ । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहानुहुन्छ । करिअरको सुरुआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गर्नुभएका उहाँ अहिले अभिनय र सङ्गीतमा पोख्त हुनुहुन्छ ।

विगतमा कतिपय सिर्जनाका कारण चर्चा र विवादमा आइरहने थापाले पछिल्लो समय भने आत्मसमीक्षासहित अगाडि बढेको बताउनुभयो । १९ वर्षको सिर्जनकर्ममा मिठानमिठा क्षणहरू गुजार्नुभएका उहाँ सङ्घर्षको भट्टीबाट खारिएर आएका प्रतिभा हुनुहुन्छ । युवा र किशोरपुस्तामाझ बढी लोकप्रिय थापाले डान्सबारदेखि चलचित्रसम्मको अनुभव बटुल्नुभएको छ ।

विसं २०६३ तिर गृहथलो बागलुङको गलकोट नगरपालिका–७ मल्मदेखि काठमाडौँ पुग्दा उहाँसँग केबल एउटा सपना थियो, मोडल बन्ने । समयक्रममा उहाँ अभिनय हुँदै गायनतिर डोरिनुभयो । गायक तथा सर्जक बसन्त थापाको साथ लागेर पहिलो पटक राजधानी छिर्नुभएका उहाँको एक अपरिचित सहरमा सङ्घर्ष सुरु भएको थियो । काठमाडौँ जस्तो सपनाको सहरमा थापालाई अनेक अवरोध पनि नआएका होइनन् । तर उहाँले बाधाहरू सजिलै छेक्नुभयो, रोक्नुभयो र पहिल्याउनुभयो आफ्नो सत्मार्ग ।

“अग्रज कलाकार, मेरो आदरणीय दाइ बसन्त थापासँग म पहिलो पटक काठमाडौँ आएको हुँ, कलाकारितामा मलाई तातेताते गराउनुभएको उहाँले नै हो”, दुर्गेशले भन्नुभयो, “एउटा अभिभावकसँगै कला क्षेत्रको गुरुका रूपमा म उहाँलाई आदर गर्छु ।”

विसं २०६५ मा गायक बिमल डाँडीको दसैँ गीतको म्यूजिक भिडियोमा थापाले पहिलो नृत्य र अभिनय गर्नुभएको थियो । पूर्णकला बिसीसँग मिलेर थापाले पहिलो लोकदोहोरी गीत ‘अँधेरीमा जुन लाएको हो…’ गाउनुभएको थियो । थापाले केही साताअघि ‘जेनजी’ आन्दोलनका घाइतेलाई आर्थिक सहयोगसमेत गर्नुभएको थियो ।

काठमाडौँका अस्पताल पुगेर घाइतेलाई भेट्नुभएका उहाँले ‘जेनजी’ युवाहरूको बलिदान खेर जान नहुनेमा जोड दिनुभएको थियो । उहाँले पहिलो चरणमा ‘जेनजी’ आन्दोलनका घाइते ११ जनालाई रु दस हजारका दरले उपचार सहयोग प्रदान गर्नुभएको हो । गायक थापाले आफू सँधै ‘जेनजी’ युवाहरूको पक्षमा रहेका बताउनुभयो । ‘जेनजी’ युवामा देखिएको देशप्रतिको प्रेम र त्यागको भावनाले आफूलाई गर्व लागेको उहाँको भनाइ छ ।

  • राम थापा/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

news

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus