काठमाडौँ / विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ ।
दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आउनुभएको छ । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामुहिक रुपमा टीका लगाइदिनुहुन्थ्यो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उहाँले मरुसत्तलमा टीका लगाउन थाल्नुभएको हो । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उहाँले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित