तलबभत्ताको रकम सामाजिक सेवामा खर्चिदैँ फलेवासका वडाध्यक्ष

वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले बताउनुभयो ।

पर्वत / फलेवास नगरपालिका वडा नं ४ मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले आफुले जनप्रतिनिधि भएवापत राज्यबाट पाउने तलबभत्ता सामाजिक सेवामा लगाउनुभएको छ ।

उहाँले मासिक रुपमा पाउने रु २४ हजारभन्दा बढी रकमलाई समाजका विभिन्न क्षेत्रमा लगानी गर्नुभएको हो । उहाँले पछिल्लो पाँच महिनाको रकम मुडिकुवामा रहेका आमा समूहलाई र माझी परिवारलाई खाद्यान्नका लागि सहयोग गर्नुभएको छ ।

मुडिकुवामा आयोजित एक कार्यक्रममा मुडिकुवामा टोलस्तरमा रहेका आठ महिला समूहलाई रु दश हजारका दरले हस्तान्तरण गर्नुभएको हो भने वडामै रहेका माझी परिवारलाई चाडवाडको बेला राहत मिलोस भन्ने उदेश्यले चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरिएको तिवारीले बताउनुभयो ।

तिवारीले यसअघि एक महिनाको तलब सुविधाले नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ‘साउण्ड सिष्टम’ खरिद गर्नका लागि सहयोग गर्नुभएको थियो । जनताहरुले नै अमुल्य मत दिएर आफुलाई जनप्रतिनिधि बनाएकाले आफुले पाउने तलबभत्ता उहाँहरुकै लागि खर्च गर्ने योजना बनाएको तिवारीले बताउनुभयो । उक्त रकमले महिला समूहमा आपतकालीन सहयोग कोष स्थापना गर्न वा अन्य सामाजिक प्रयोजनमा प्रयोग गर्न सहज हुने उहाँको भनाइ छ ।

जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने र वडाको आर्थिक, भौतिक तथा शैक्षिक विकासका लागि सबै एकजुट बनाउन आफुले भरपुर प्रयास गरेको उहाँको भनाइ छ । उहाँले सिमीत स्रोत र साधनका कारण नागरिकले चाहे जस्तो विकास गर्न नसकिएको बताउँदै आगामी दुई वर्ष भित्रमा चुनावमा गरेका घोषणा पुरा गर्न सक्रिय भएर लाग्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका तिवारी नेपाली कांग्रेस पर्वतको सहसचिवसमेत हुनुहुन्छ । आगामी दिनमा पनि नागरिकको माग र आवश्यकताको आधारमा वितरण गर्दै जाने उहाँको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा पूर्व सांसद ऋषिकेश तिवारीले नगरपालिकालाई विकासका दृष्टिकोणले नमुना नगरपालिका बनाउनका लागि सबै राजनीतिक दल र स्थानीयवासी एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news