दुलेगौडास्थित एक घरमा आगलागी

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तनहुँ / तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताउनुभयो । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments