नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकताः एआइजी कार्की

एआइजी कार्कीले प्रहरी सधैँभरी नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

काठमाडौँ / काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ र धनको सुरक्षाका लागि नेपाल प्रहरी २४सै घण्टा खटिएको बताउनुभएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुभ दीपावली तथा छठ पर्व २०८२ को अवसरमा आयोजना गरेको सङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा एआइजी कार्कीले प्रहरी सधैँभरी नागरिकको सुरक्षामा समर्पित रहेको र समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी भनेको नागरिकको सुख–दुःखमा साथ दिने संस्था हो । हामी नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर खटिएका छौँ ।” विशेष गरी चाडपर्वको समयमा बढ्दो भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र सम्भावित आपराधिक गतिविधिहरू नियन्त्रण गर्न प्रहरी अझ बढी सतर्क र सक्रिय रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा एआइजी कार्कीले जनतालाई चाडपर्व शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा मनाउन आग्रह गर्नुभयो । उहाँले मादक पदार्थ सेवनबाट टाढा रहन, ट्राफिक नियमको पालना गर्न, सार्वजनिक शान्ति भङ्ग हुने कार्य नगर्न र सहयोगी नागरिक बन्न पनि अनुरोध गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी नागरिककै सुरक्षाका लागि सडकमा खटिने भएकाले ट्राफिक नियम पालना गरी सवारी साधन चलाउन आग्रह गर्नुभयो । उहाँले विशेषतः तिहार, भाइटीका, देउसी–भैलोका समयमा रमाइलोका नाममा मादक पदार्थ सेवनपछि गाडी चलाउने प्रवृत्तिले दुर्घटनाको सम्भावना बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार बन्न आह्वान गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसीले ट्राफिक प्रहरी कर्मचारीहरुलाई हौसला प्रदान गर्ने प्रस्तुति दिनुभएको थियो । चलचित्र निर्माताहरू रोहित अधिकारी, धिरज तामाङ र चलचित्र वितरक किरण श्रेष्ठलाई कार्यक्रममा कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीले ट्राफिक सचेतना सम्बन्धी विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गजल गायक थानेश्वर गौतम, गायक सरोज ओली, ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

news

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus