सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते हुनुभएको थियो ।

धनुषा / मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले शुक्रबार राति जनकपुरधामको सोनारपट्टिस्थित सुनचाँदी पसलमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा भएको विवादसम्बन्धी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न निर्देशन दिनुभएको छ ।

उक्त घटनामा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि भएको कुटपिटको घटनाप्रति चासो व्यक्त गर्दै उहाँले सुरक्षा निकायलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिनुभएको हो ।

आज अस्पताल पुगेर घाइते हुनुभएका अध्यक्ष भण्डारीसँग भेटेपछि मुख्यमन्त्री सोनलले प्रदेश प्रहरीप्रमुखलाई सम्पर्क गरी घटनाको विवरण लिनुका साथै सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न निर्देशन दिनुभयो ।

शुक्रबार राति सुनचाँदी पसलमा कार्यालयको टोलीले छापा मार्ने क्रममा व्यापारीहरूसँग भएको विवादका क्रममा प्रहरी र सुनचाँदी व्यवसायीबीच झडप हुँदा अध्यक्ष भण्डारी घाइते हुनुभएको थियो ।

दीपावलीको समयमा राति अचानक छापा मारेर व्यवसायमा हस्तक्षेप गर्नु अन्यायपूर्ण भएको भन्दै प्रतिकार गर्ने क्रममा विवाद चर्किएको र स्थिति तनावपूर्ण बनेको स्थानीय सुनचाँदी व्यापारी पवन ठाकुरले जानकारी दिनुभयो ।

प्रहरीले आफूहरू सूचनाअनुसार अनुगमनमा गए पनि केही व्यवसायी आक्रामक बनेपछि स्थिति नियन्त्रण गर्नुपरेको जनाएको छ । अध्यक्ष भण्डारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएका छन् ।

मुख्यमन्त्री सोनलले घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्न सुरक्षा निकायलाई आग्रह गर्दै व्यापारी तथा आमसमुदायलाई कानुनी संरक्षण र शान्ति, सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news