‘एकका लागि एक’ अभियानमार्फत रु ५६ लाख राहत वितरण

असोज १९ र २० को अविरल वर्षापछि झापामा बाढी र इलाममा पहिरोबाट जनधनको व्यापक क्षति हुनुका साथै सयौँ परिवार विस्थापित भएका थिए । त्यसपछि ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो ।

झापा / प्राकृतिक विपद् प्रभावितको सहयोगका लागि सञ्चालित ‘एकका लागि एक’ अभियानको आह्वानमा जुटेको रु ५६ लाखभन्दा बढी रकम बराबरको राहत वितरण गरिएको छ ।

असोज १९ र २० को अविरल वर्षापछि झापामा बाढी र इलाममा पहिरोबाट जनधनको व्यापक क्षति हुनुका साथै सयौँ परिवार विस्थापित भएका थिए । त्यसपछि ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो । अभियानका संयोजक महेन्द्र गिरीले बाढीपहिरो प्रभावितको सहयोगका लागि विभिन्न दाताबाट प्राप्त रु ५५ लाख ७० हजार ७५० नगद र अन्य जिन्सी सामग्री वितरण गरिएको बताउनुभयो ।

“बाढीपहिराले व्यापक जनधनको क्षति पु¥याएलगत्तै प्रभावित परिवारको सहयोगका लागि सहयोगको आह्वान गरेका थियौँ”, उहाँले भन्नुभयो, “विपद्का बेला सबै जुट्नुपर्छ भन्ने भावनाका साथ धमाधम दाताबाट रकम र सामग्री सङ्कलन भयो ।”

सङ्कलित नगदबाट खाद्य सामग्री खरिद गरेर जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकायलगायतको समन्वयमा एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई राहत वितरण गरिएको छ ।

झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका बाढी प्रभावित परिवार र इलामका पहिरो प्रभावित परिवारलाई उक्त राहत सहयोग वितरण गरिएको संयोजक गिरीले बताउनुभयो ।

कोरोना महामारीका बेला ‘एकका लागि एक’ अभियानले विपन्न तथा प्रभावित जनसमुदायलाई सहयोग पु¥याएको थियो । त्यसपछि हरेक वर्ष प्राकृतिक विपद्मा परेका परिवारलाई अभियानले सहयोग सङ्कलन गरेर राहत जुटाउँदै आएको छ ।

नगदबाहेक दाताहरूले सात सय परिवारलाई पुग्ने गरी सरसफाइ सामग्री, पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेल्टर किट र दुई सय थान ब्ल्याङ्केट सहयोग गरेका थिए । ती सामानसमेत अभियानले प्रभावित परिवारलाई वितरण गरिसकेको छ ।

विपद् प्रभावित प्रत्येक परिवारलाई २५ किलोग्राम (केजी) चामल, पाँच केजी आलु, दुई केजी नुन, दुई केजी दाल, एक लिटर खाना पकाउने, एक थान झुल, एक सेट त्रिपाल र एक थान ब्ल्याङ्केट वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news