विविध सम्मानसहित प्रेस युनियन काभ्रेको साधारणसभा सम्पन्न

फोटो सौजन्य: ज्ञानमणि नेपाल

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष एवं प्रमुख अतिथी लम्सालले श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तीमा उभिँदै आएको इतिहास सम्झाउँदै आगामी दिनमा पनि सधैं सक्रिय रहने बताउनुभयो ।

काभ्रेपलान्चोक / नेपाल प्रेस युनियन काभ्रेले शनिबार धुलिखेलमा साधारणसभा गरेको छ। शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना र सम्मान तथा संस्थाको वार्षिक साधारणसभा र सय दिने सदस्यता विशेष अभियान समापन कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष एवं प्रमुख अतिथी लम्सालले श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तीमा उभिँदै आएको इतिहास सम्झाउँदै आगामी दिनमा पनि सधैं सक्रिय रहने बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी पत्रकार महासंघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश खरेल, प्रेस संगठन काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरु बद्रीराज तिमल्सिना, मोतिराम तिमल्सिना, नारायण सापकोटा, महेश पौडेल, भोला थापा, ईश्वरी ओझा, भोजराज तिमल्सिना, वर्तमान अध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइवा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरीलगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका सभापति प्रेस युनियन काभ्रे शाखाका अध्यक्ष नगेन्द्र अधिकारीले नेपाल प्रेस युनियन सबै पत्रकारहरुका पक्षमा काम गर्ने संस्था भएको उल्लेख गर्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले राजसंस्था पुनर्स्थापनाको नाममा भएको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरुद्धमा काभ्रेली सञ्चारकर्मी आन्दोलित हुँदा र जेनजी पुस्ताको आन्दोलनपश्चात विकसित राजनीतिक परिस्थितीपछि ‘मुलुक र संविधान जोगाउन’ भन्दै भएको प्रदर्शनमा पनि नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकको सशक्त भूमिका रहेको स्मरण गर्नुभयो ।

काठमाडौँ बिश्वबिधालयको सभा हलमा भएकोर्यक्रममा गत वर्ष मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघका निर्वाचित कार्यसमिति तथा विभिन्न समयमा संस्थालाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्रमा अध्यक्ष नगेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, सचिव शुभराज अधिकारीले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सरोज अधिकारीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । कार्यक्रम संस्थाका सचिव शुभराज अधिकारीले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments