आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी निर्वाचित

काठमाडौँ/नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित हुनुभएको छ ।

Lahachhap

अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित हुनुभएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सङ्ख्याका लागि प्रतिस्पर्धा भएको थियो ।

उक्त महासभाले सन् २०२६–२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ ।

संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६–२०२९ अवधिका लागि निर्वाचित हुनुभएको छ ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments