निकटस्थ श्रोतले दिएको जानकारी अनुसार सभापति देउवाले लिखित वक्तव्य पढेर सक्नासाथ बैठक स्थगित गर्ने तयारी रहेको छ।
काठमाडौं / आजदेखि सुरु हुने भनिएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको छ ।
महामन्त्रीद्वयले राखेको प्रस्ताव सभापति देउवाले नमानेको श्रोतले बताएको छ । तीन नेताको छलफल पछि आजै बिहान ११ बजे बस्ने भनिएको कार्य सम्पादन समितिको बैठक नै नबसी अहिले केन्द्रिय समितिको बैठक शुरु हुदै छ।
नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने अडानमा दुई महामन्त्री छन् । निकटस्थ श्रोतले दिएको जानकारी अनुसार सभापति देउवाले लिखित वक्तव्य पढेर सक्नासाथ बैठक स्थगित गर्ने तयारी रहेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ आश्विन २८ गते