नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम

चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

काठमाडौँ / नेपाली सेनाको पूर्वीपृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ ।

पूर्वी पृतना मुख्यालय इटहरीमा आजदेखि सुरु उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गर्नुभयो । चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा विपद्प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चारजगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments