भैरहवाः थाई एयर एसियाले आइतबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
बाट बैंकक–भैरहवा–बैंकक उडान पुनः सुरु गरेको छ । एयरलाइन्सले हप्तामा दुई पटक भैरहवा उडान गर्ने तालिका राखेको छ ।
विमानस्थलका प्रवक्ता विनोद राउतले उद्घाटन उडान बिहान ७ बजे अवतरण भई ७:४० बजे बैंककका लागि प्रस्थान गरेको बताए । विमानमा चालक दलका ७ सदस्य मात्रै थिए ।
राउतले बजार प्रवर्द्धन र टिकट बिक्रीका लागि समय सिमित गर्दै केही दिनअघि मात्रै विमान कम्पनीले भैरहवा र काठमाडौं उडान गर्ने अनुमति पाएको बताए । भैरहवादेखि बैंककसम्मको प्रारम्भिक एकतर्फी भाडा १२ हजार रुपैयाँ तोकिएको छ ।
थाई एयर एसिया
का अतिरिक्त, जजीरा एयर
ले पनि नोभेम्बर ९ देखि साप्ताहिक रूपमा दुई पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू सुरु गर्ने तयारी गरिरहेको छ।
स्थानीय पर्यटन व्यवसायीहरुले नियमित उडान सञ्चालन गर्न आग्रह गर्दै निर्बाध यात्रालाई सहज बनाउन अध्यागमन र भन्सारजस्ता अत्यावश्यक सेवाहरूलमई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्।
प्रतिष्ठित पर्यटन व्यवसायी सिपी श्रेष्ठले विगतमा झैं कम यात्रु संख्याका कारण एयरलाइन्सले उडान बन्द गर्न सक्ने चिन्ता व्यक्त गरे । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अहिले जोखिममा परेको पर्यटन उद्योगमा निजी क्षेत्रबाट करिब ८० अर्ब रुपैयाँको महत्वपूर्ण लगानी रहेको उनले प्रकाश पारे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित