इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको संख्या ६७ पुग्यो

इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् ।

इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कूलको एक भाग २९ सेप्टेम्बरमा दिउँसो प्रार्थनाका लागि १७० भन्दा बढी विद्यार्थीहरू भेला हुँदा ढलेको थियो ।

“नवौँ दिनमा प्रवेश गर्दै हामीले पीडितहरूका लागि खोजी र उद्धार अभियान सम्पन्न गरेका छौँ”, राष्ट्रिय खोजी र उद्धार एजेन्सी (बसरनास) का प्रमुख मोहम्मद सियाफीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

एजेन्सीका अपरेसन निर्देशक युधि ब्रामान्ट्योले भन्नुभयो, “उद्धार गरिएका पीडितहरूको कुल सङ्ख्या १७१ छ । यसमा ६७ जनाको मृत्यु भएको छ, आठ शरीरका अङ्गहरू सहित र १०४ जना बाँचेका छन् । उद्धारकर्ताहरूले दुर्घटनास्थलमा रहेका सबै भग्नावशेष सफा गरेका छन् र थप शव फेला पर्ने सम्भावना कम छ ।”

राष्ट्रिय विपद् एजेन्सी (बिएनपिबी) का उप प्रमुख बुदी इरावानले भन्नुभयो, “त्यहाँ अझै शवहरू रहेको सम्भावना धेरै कम छ ।” अहिलेसम्म १७ शव मात्र पहिचान भएका छन् ।

यो वर्ष इन्डोनेसियामा भएको सबैभन्दा घातक प्रकोप भएको बिएनपिबीले जनाएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणको जाँच गरिरहेका छन् । प्रारम्भिक सङ्केतहरूले भवन निर्माण मापदण्डको उल्लङ्घन र संरचनागत कमजोरीलाई सम्भावित कारणको रूपमा देखाएका छन् ।

घटनापछि ७२ घण्टाको ‘सुनौलो अवधि’ पछि बेपत्ता भएका परिवारका सदस्यहरूले भारी उपकरण प्रयोग गर्न सहमति जनाएका थिए ।

सेप्टेम्बरमा पश्चिम जाभामा प्रार्थनाको समयमा अर्को भवन ढलेपछि कम्तीमा तीनको मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments