बालेन र सुदनबिरुद्ध अनेरास्ववियूको जाहेरी

महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।

काठमाडौं / काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र जेनजी अभियन्ता सुदन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियूले प्रहरीमा जाहेरी दिएको छ ।

प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ अखिलका नेताहरुलाई दिएको छ । महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।

“अराजकता मच्चाउने काम गरिएको छ । देशका संस्कृतिक धरोहर जलाउने काम भएको छ । हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंश गर्ने काम भएको छ,” धामीले भने, “उनीहरुलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ ।”

उनले कोविरुद्ध हो जाहेरी भन्ने नबताए पनि अखिलका एक नेताले दिएको जानकारीअनुसार बालेन शाह र सुदन गुरुङलाई कारबाही गर्नुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments