ओली र लेखकबिरुद्दको जाहेरी बुझेर जाँचबुझ आयोग पठाइयो

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जाहेरी लिएर आयोगमा पठाइएको जानकारी गराए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।

आज दिउँसो भदौ २३ गतेको आन्दोलनमा मृत्यु भएका युवाका परिवारले बुझाएको जाहेरी लिएर आयोगमा पठाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जाहेरी लिएर आयोगमा पठाइएको जानकारी गराए ।

“गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको कार्यक्षेत्रमा रहने विषय भएकाले हामीले त्यता पठाएका हौँ,” उनले भने, “हामीले हेरेर उता पठाएका हौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments