कोजाग्रतः मैथिल वरवधुको आज ‘चुमाउन’ गरिँदै

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ ।

महोत्तरी/ मधेसमा महोत्तरीसहितका मिथिला क्षेत्रका आज कोजाग्रत पूर्णिमाका अवसरमा नवविवाहित मैथिल जोडिको ‘चुमाउन’ गरिँदै छ । गत कोजाग्रतयताको एक वर्ष अवधिमा विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि परम्पराअनुसार आज गरिन लागेको हो ।

सामान्यतया आफ्नी कन्याको विवाहपश्चात् राम्रो प्रतिपाल गरेका ज्वाइँप्रति कृतज्ञता जनाउन दुलही पक्षका आफन्त सगुन लिएर दुलहाका घर गएर वर (दुलहा) पूजन गर्ने पुरानो मैथिल परम्परालाई ‘चुमाउन’ भन्ने गरिएको छ । यस अवसरमा दुलही पक्षकाले दुलहाका लागि वस्त्रआभूषण र मिष्टान्न परिकार भेट गर्ने (उपहार दिने) पुरानो परम्परा रहेको पाका मैथिल बताउँछन् ।

कोजाग्रत पूर्णिमा दोषरहित र शुभ दिन मानिँदै आइएकाले पहिलो पटक घरजम सुरु गरेकी छोरी÷चेलीका परिवारजनप्रति आभार व्यक्त गर्न यो दिन रोजिएको हुनसक्ने मैथिल लोकपरम्पराका जानकार बताउँछन् । दुर्गा पूजन सकिएलगत्तै दसैँ पर्वको कोसेली पु¥याउन र पर्वविशेषको भेटघाट गर्न पनि यो परम्परा पूर्वजहरूले चलाएका हुनसक्ने मैथिल संस्कृतिविद् जलेश्वर– ५ का ध्रुव राय बताउनुहुन्छ ।

मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मण, कायस्थ र सोनार जातिमा बाक्लो प्रचलनमा रहेको ‘चुमाउन’ विधि पछिल्ला केही वर्षयता भने अत्यन्त भड्किलो बन्दै गएको यस क्षेत्रका बुद्धिजीवीको टिप्पणी छ । दुलही पक्षकाले ज्वाइँसहित उनका पिता र आफन्तका लागि वस्त्रआभूषण दिनुपर्ने माग र सयौँ मान्छेलाई खानपान गराउन पर्ने दुलहा पक्षको प्रस्तावले यो विधि भड्किलो बन्दै गएको टिप्पणी बढेको हो ।

विगतमा एक बिडा पान, केही मखान, एकजोर धोती र जनै सुपारीले धानिने गरिएको यो परम्परा पछिल्ला केही दशकयता दुलही पक्षका लागि खर्चिलो बन्दै गएको मैथिलहरू नै स्वीकार गर्छन् । संस्कृति थेग्न र बचाउनभन्दा पनि आडम्बर बढेको भङ्गाहा–५ सिद्धपुरका रामनारायण झाको भनाइ छ ।

पिता, पुर्खाले आपसी सद्भाव वृद्धिका लागि यो विधि परम्पराको सुरुआत गरे पनि पछिल्लो समयमा यो विधि आडम्बर र अहङ्कार प्रदर्शनजस्तै बनेकाले अबको पुस्ताले यसलाई कम खर्चिलो बनाउन सामाजिक दबाब बढाउन आवश्यक देखिएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus