भुटानी शरणार्थी प्रकरण : कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो ।

काठमाडौं / जेनजी प्रदर्शन हिंसात्मक हुँदा कारागारबाट भागेका सन्देश शर्मा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका शर्मा आइतबार ललितपुरबाट पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो । यसअघि प्रहरीले भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका बेचन झा, सानु भण्डारी र केशव दुलाललाई पनि पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments