निरन्तरको वर्षासँगै गएराति आएको बाढीले क्षतिग्रस्त इलामको गजुरमुखीधामस्थित माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल । बाढीले पक्की पुलसँगै नजिकैको झोलुङ्गे पुलसमेत बगाएको छ । बाढीले पुल बगाएपछि माङसेबुङ गाउँपालिका जिल्ला सदरमुकामबाट विच्छेद भएको छ । तस्बिरः रामकुमार लिम्बू/रासस
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
काठमाडौँ / पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो ।
बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित