बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ ।

काठमाडौँ / यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ । त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा रु ७५ लाखको क्षति भएको छ ।

यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब रु ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान भई ७५ घर स्थानान्तरण, कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा करिब रु २५ लाख बराबरको क्षति भएको छ ।

रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान तथा घरगोठ डुबान हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । महोत्तरीमा रातो नदीले तटबन्ध बगाउँदा रु आठ करोड बराबरको क्षति भएको छ ।

सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताउनुभयो । सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Betboom Girişiyle Kazanç Yolculuğuna Adım Atmanın Heyecanı

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

अन्य न्यूजहरु

news