पाँचथर/ तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिकेमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरिएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको बोलेरो जिप दुर्घटनामा परेको हो ।
मे १ ज ३०५५ नम्बरको जिप शनिबार बिहान तमोर करिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ रानीगाउँस्थित कात्तिकेमा सडकबाट करिब तीनसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिपमा चालकसहित ११ जना यात्रु सवार रहेको र पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित