काठमाडौं – पछिल्लो समय देशभर हैजा संक्रमण फैलिदैं गएको अवस्था छ । काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार, शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरले हैजाको सङ्क्रमण देखिएको हो । चौलानी पानी जस्तो दिसा हुने, वाकवाकी लाग्ने र बान्ता हुने हैजाको मुख्य लक्षण हुन् ।
सङ्क्रमणले गम्भीर अवस्थामा पुर्याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने स्वास्थ्यकर्मी सुझाउँछन् । हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको ज्यान जाने सम्भावना रहने देखिन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित