काठमाडौं – आज रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन रहेको छ ।
भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।
भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन गर्ने गरिन्छ ।राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका छन् ।
जावलाखेलमा आज भोटो देखाएर रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित