कसरी पुनःनिर्माण हुँदैछ राजकुमारी भृकुटीको कथासँग जोडिएको १३ सय बर्ष पुरानो महाँकाल मन्दिर?

काठमाडौ महानगरपालिकाले महाँकाल मन्दिर चौघेरा सत्तल पुनःनिर्माण कार्य सुरु गरेको १५ महिना भएको छ ।

यस मन्दिरका बारेमा महानगरका मेयर बालेन शाहले लेखेका छन्:

काठमाडौको मुटु टुँडिखेल छेउमा रहेको महाँकाल मन्दिर केवल काठ, इटा र ढुङ्गाको संरचना मात्र होइन, यो हाम्रो इतिहास, विश्वास र संस्कृतिको धरोहर हो । करिब १३ सय वर्ष पुरानो यो मन्दिर, हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको स्मृति हो ।तर लामो समयदेखि विभिन्न निकाय र स्थानीय समुदायबीच सहमति नजुट्दा यो काम अघि बढ्न सकेको थिएन ।

Lahachhap

२०७२ को भुकम्पमा पुनर्निर्माण गर्नपर्ने यस मन्दिर विभिन्न कारणबस १० बर्ष लागेको यो परियोजना २०८०/८१ को बजेटमा विनियोजन भएर, २०८१ असार १९ गतेबाट आधिकारिक रूपमा सुरु भएको हो ।

यसैको संरक्षण र निरन्तरताका लागि महाँकाल मन्दिर चौघेरा सत्तल पुनःनिर्माण कार्य सुरु भएको छ ।

🔹 लागत: रु १० करोड ५ लाख

🔹 निर्माण अवधि: ३ वर्ष (२०८१ असार १९ देखि २०८४ असार १९ सम्म)

🔹 क्षेत्रफल: ५८३.८१ वर्गमिटर

पुनःनिर्माणपछि:

🏛 भुइँतलामा ९ कोठा,

🏛 पहिलो तलामा सभाकक्ष र भण्डारण,

🏛 छानामा परम्परागत बुइँगल र झिँगटी टायल,

🏛 परम्परागत ढोका–झ्याल, काठको कलात्मकता, हरियाली र पदयात्रा मार्गसहितको वातावरण रहनेछ ।

Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments